Chauthoanga - Nepali News Media
माओवादी केन्द्रले पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं  :नेकपा माओवादी केन्द्रले पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।

जेठ १८ र १९ गते काठमाडौंमा जनप्रतिनिधिका लागि प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताउनु भयाे ।

स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिने तयारी गरिएको हो।

जिल्ला समन्वय समिति गठन भएको अवस्थामा जिससका प्रमुख र उपप्रमुखलाई पनि कार्यक्रममा सहभागी गराइने उहाले बताउनु भयाे ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, शीर्ष नेता र विभिन्न क्षेत्रका विज्ञले प्रशिक्षण दिने कार्यक्रम छ।

पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनताका पक्षमा जिम्मेवारीका साथ प्रस्तुत हुन निर्देशन दिने माओवादी तयारी छ।

जनप्रतिनिधिले गर्न हुने र नहुने कामसम्बन्धी निर्देशिका पनि पार्टीले तयार गरिरहेको मुख्यसचिव ढकालले बताउनुभयाे।

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  ०७:२२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको