Chauthoanga - Nepali News Media
देउखुरीमा पिकअफ भ्यानले माेटरसाईकललाई ठक्कर दिदा १ जनाकाे मृत्यु

दाङः दाङ देउखुरीमा पिकअफ भ्यानले माेटरसाईकललाई ठक्कर दिदा १ जनाकाे मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाईते हुनु भएको छ । राजपुर गाउँपालिका वडा नम्बर २ समयथान मन्दिर अगाडि लु३ च ३८५३ नम्बरकाे  पिकअपले  रा २ प ४९११ नम्बरकाे  मोटरसाइकललाई ठक्कर दिएकाे हाे । 
 
किराना सामान बोक्ने  पिकअपले राजपुर-२, सोमाइथान मन्दिर अगाडि मंगलबार राति ८  वजे  मोटरसाइकललाई  ठक्कर दिएकाे ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएकाे छ। ठक्करबाट मोटरसाइकल चालक राजपुर-२ बेला निवासी २१ वर्षीय श्रवण यादवको घटना स्थलमै मृत्यु भएको छ भने सोही ठाउँ निवासी २६ वर्षीय सबिना यादव गम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ। गाडी चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने घाइतेलाई उपचारको लागि लमही अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  २१:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको