Chauthoanga - Nepali News Media
दाङ सहित देशभर भुकम्प धक्का महसुस ,क्षतीकाे विवरण आउन बाकी

दाङ - शुक्रबार राति दाङ सहित विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

शुक्रबार राति ११ः५० बजेतिर दाङ सहित देशभर  आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो।

पश्चिम नेपालमा केन्द्रविन्दु रहेको यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो। भुइँचालो करिब ६ म्याग्निच्युडको रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन।

पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रविन्दु रहेर केही समययता लगातार भुइँचालो गइरहेका छन्। त्यहाँ लामो समयदेखि ठूलो भुइँचालो नगएकाले ठूलो भूकम्पीय शक्ति थुप्रिएर रहेको भूगर्भविदहरू बताउँछन्।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ००:१७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको