Chauthoanga - Nepali News Media
जाजरकोट केन्द्रविन्दु भयर मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टी

दाङ - शुक्रबार राति जाजरकोट केन्द्र विन्दु बनायर ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको चाैथाेअंग डटकमलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार 
‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ । भूकम्पको धक्का दाङसहित देशभर महसुश भएको थियो ।

भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ००:३९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको