Chauthoanga - Nepali News Media
भुकम्पका कारण १० जनाकाे ज्यान गएकाे पुष्टि ,ज्यान गुमाउने संख्या बढ्दै

काठमाडौँ — कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार मध्यरातमा  भुकम्प जाँदा केही मानवीय र भौतिक क्षति भएका विवरणहरु आउन थालेका छन् । रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको ज्यान गएको प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिनुभयो ।

चौरजहारी नगरपालिका-७ खत्री गाउँमा भूकम्पले घर भत्किदा घाइते भएका ८ जनालाई चौरजहारी नगर प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत् चौरजहारी अस्पताल पठाइएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२ स्यानीबर्खुमा २ जना र ठूलीबार्खुमा २ जनाको ज्यान गएको स्थानीय दलजित सेर्पालीले बताउनुभयाे । उहाका अनुसार  कयौं घरहरु भत्किएको र धेरैजनाको हताहती भएको हुनसक्ने आशंका गर्नुभयाे। तर मध्यराती भएकाले क्षतिको विवरण आधिकारिक प्राप्त हुन सकिरहेको छैन ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०१:५१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको