Chauthoanga - Nepali News Media
पत्रकार महासघं दाङ शाखाले दिपावली र छठ पर्वको अवसरमा बंगलाचुलीमा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने

दाङः नेपाल पत्रकार महासघं दाङले शुभ दिपावली तथा छठ पर्व २०८० को अवसरमा बंगलाचुली गाउँपालिकासँगको सहकार्यमा शुभकामना आदानप्रदान तथा बंगलाचुलीको पर्यटन विकासमा सञ्चारमाध्यमको भूमीका विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । महासघंको सोमवार घोराहीमा बसेको बैठकले यहि कात्तिक २५ गते शनिवारका दिन बंगलाचुली गाउँपालिका ५ मा उक्त कार्यक्रम गर्ने निर्णय गरेको सचिव आर.के शितलले जानकारी दिनुभयो । उक्त कार्यक्रमको व्यवस्थापनका लागी कार्यसमिति सदस्यहरु जीवन नेपाली र गिरिराज नेपालीलाई जिम्मेवारी दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङको बैठक अध्यक्ष दुर्गालाल के.सीको अध्यक्षतामा सम्पन्न बैठकले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिबाट सिफारिस भई आएको भनि महासंघ केन्द्रिय समितिले सार्वजनिक गरेको साधारण सदस्यहरुको विवरणमाथी जिल्ला शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘पत्रकार महासंघ सदस्यता शुद्धिकरण मापदण्ड–२०७९’ अनुसार दाङ शाखामा सर्वसम्मत रुपमा निर्णय गरि पठाएका एउटै मापदण्डका केही सदस्यहरुको नामहरु कटौति गरिएकाले उक्त विवरण तत्काल सच्चाई जिल्ला शाखाको सिफारिसका आधारमा सदस्यहरुको विवरणलाई अन्तिम रुप दिन महासंघ केन्द्रिय समितिलाई अनुरोध गर्ने र जिल्लाको सिफारिस अनुसार सदस्यता कायम नभएमा जिल्ला शाखालाई अमान्य हुने व्यहोरा पनि केन्द्रलाई जानकारी गराउने निर्णय गरिएको सचिव शितलले जानकारी दिनुभयो ।

बैठले यहि कार्तिक १७ गते राति जाजरकोट केन्द्रभई आएको भुकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षति भएकाले महासंघ दुःख व्यक्त गर्दै भुकम्पमा परि ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने, घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाईतेहरुको उपचार, उद्धार र राहतको कामलाई प्रभावकारी रुपमा गर्न सरकार र सरोकारवाला सबैलाई अनुरोध गर्ने र विपद्को सायमा जिम्मेवार र संवेदनशील भएर सामचार सम्प्रेषण गर्न पत्रकार र सञ्चारमाध्यमलाई आह्वान गर्ने निर्णय गरेको छ भने नेपाल पत्रकार महासंघका सदस्य राप्ती गाउँपालिका १ निवासी बिमल ज्ञवालीको मिति २०८०÷०६÷२० गते र महासंघका राष्ट्रि«य परिषद् सदस्य नारायणी रजौरेको सासु सोवर्णाकुमारी जैशीको मिति २०८०÷०६÷२१ गते निधन भएकाले मृतकको आत्माको चिरशान्तिको कामना सहित परिवारजनमा गहिरो समवेदना व्यक्त गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको