Chauthoanga - Nepali News Media
बंगलाचुली कप २०८० को उपाधि सप्तरङ्गि क्रिकेट क्लब फाँटालाई

कमिरेचौरः बंगलाचुली क्रिकेट विकास समन्वय समितिको आयोजनामा दाङको बंगलाचुली गाउँपालिकामा विहिबार देखि सुरु भएको  युथ अफ बंगलाचुली कोरिया बंगलाचुली कप २०८० को उपाधि सप्तरङ्गि क्रिकेट क्लब फाँटाले जितेको छ ।प्रदेश स्तरीय खेल मैदान गढी लेकमा भएको फाइनल खेलमा केएस क्रिकेट क्लबलाई १७ रनको अन्तरले हराउदै उपाधि जित्न सफल भएको हो । शुक्रबार भएको फाइनल खेलमा टस हारेर ब्याटिङमा उत्रिएको सप्तरङ्गि क्रिकेट क्लब फाँटाले निर्धारित ओभरमा ६० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको के एस क्रिकेट क्लबले ९.४ ओभरमा सबै विकेट गुमाउदै  ४४ रन मात्र बनाएको  थियो । 


उक्त प्रतियोगितमा उत्कृष्ट खेलाडी सप्तरङ्गि क्रिकेट क्लबका खेलाडी छितिज खड्का घोषित भएका थिए । प्रतियोगितामा बंगलाचुली गाउँपालिका भित्रका ६ वटा क्लबहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता टिमले नगद रु २० हजार ट्रफी, मेडल र प्रमाण–पत्र र उपविजेताले नगद रु १० हजार ट्रफी, मेडल र प्रमाण–पत्र र म्यान अफ द सिरिजले कप, मडेल र प्रमाण–पत्र पाएका छन । 


उक्त प्रतियोगितालाई प्रथम पुरस्कार युथ अफ बंगलाचुली कोरियाका हेमकुमार वली, निराजन महरा, सुरेश वली, किरण वली, चुमान बुढा, केशव वली, विपिन महरा, मधु वलीले गर्नु भएको छ ।यस्तै प्रतियोगितालाइ सफल पार्न बंगलाचुली गाउँपालिका, बंगलाचुली गाउँपालिका वडा नम्बर ६, बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसि, विक्रम डाँगि, केशब जिसि, मिनराज महरा, युवराज सुवेदी र विनोद डाँगिले आर्थिक सहयोग गर्नुभएको थियो ।


बंगलाचुली क्रिकेट विकास समन्वय समितिका अध्यक्ष हिमाल महराको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिको प्रमुख आतिथ्यतामा समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजिकरण बंगलाचुली क्रिकेट विकास समन्वय समितिका सचिव मधुसुदन गिरीले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको