Chauthoanga - Nepali News Media
बंगलाचुलीमा अटो दुर्घटना हुँदा घाईते एक महिलाको उपचारका क्रममा मृत्यु

दाङ- दाङको बंगलाचुली गाउँपालिकामा अटो दुर्घटनामा घाईते भएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्वर  ५ की निवासी ६५ वर्षीया भेगी बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।  

दाङका प्रमुख एसपी रामबहादुर केसीका अनुसार घाईते महिलाको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा गएराति साढे ११ बजे मृत्यु भएको हो। 
हिजो दिउँसो बंगलाचुली– ५ स्थित गुरासेनी डाँडाबाट रा १ ह ५८०५  नम्बरको अटो ब्रेक फेल भइ झन्डै पाँच सय मिटर तल खस्दा बुढा गम्भीर घाइते हुनुभएको थियो । 

घाईते बुढालाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएको थियो। घाइते बुढाको कोहलपुरमै उपचारका क्रममा मृत्यु भएको हो । यस अघिपनि बंगलाचुली पाँचमा अटो दुर्घटनाहुँदा दुईजनाको घटनास्थलमै ज्यानगएको थियो ।


 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको