Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाको बंगलाचुलीलेकमा भैलो महोत्सव हुने

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकाले भैलो महोत्सवको आयोजना गरेको छ । बंगलाचुली गाउँपालिका वडा नंम्वर ५ स्थित बंगलाचुली पर्यटकीय पूर्वाधार क्षेत्रको विकास, प्रवर्द्धन एवं प्रचार प्रसार तथा स्थानिय कला संस्कृतिको संरक्षणको लागि भैलो  महोत्सवको आयोजना गरिएको हो । 

मसिर ७ गते हरिबोधिनी एकादशीको दिन प्रत्येक वडाबाट देउसी भैलो समूहलाई बंगलाचुली लेकमा सहभागी गराई देउसी भैलो कार्यक्रम गरिने  बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले जानकारी दिनुभयो ।

भैलो कार्यक्रममा सहभागी सबै भैलो लाई प्रोत्साहान रकम तथा उत्कृष्ट भैलोलाई थप पुरस्कारको व्यवस्था गरिने अध्यक्ष पुनमगरले जानकारी दिनुभयो । 

यसैविच बंगलाचुली गाउँपालिकाले गाउँपालिकाको ८ वटै वडामा रहेका भैलो समूहलाई मंसिर ७ गतेको भौलो कार्यक्रममा सहभागि हुन अनुरोध गरेको छ । गाउँपालिकाले ८ वटै वडा कार्यालयलाई पत्राचारगरी भैलो कार्यक्रममा सहभागि गराउन वडालाई पूर्वजानकारी गराई सकेको अध्यक्ष तुल्सीराम पुनमगरले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको