Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाले दियो सार्वजानिक बिदा

कमिरेचौर- दाङको बंगलाचुली गाउँपालिकाले बिहिवार स्थानिय सार्वजनिक विदा दिएको छ ।गाउँपालिकाले आज एक विज्ञप्ती जारी गरी विदा दिएको जानकारी दिएको हो । 
बंगलाचुली गाउँ कार्यपालिकाको कार्यालय र अन्तरगतका सबै सरकारी कार्यालयहरु एवं सामुदायिक र संस्थागत विद्यालयहरुमा समेत १ दिन स्थानीय सार्वजनिक विदा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोपाल केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 बंगलाचुली गाउँपालिकाको स्थानीय कला संस्कृति संरक्षणका लागि बंगलाचुलीको पर्यटकीय स्थल बंगलाचुलीमा बृहत भैलो महोत्सव आयोजना गरीने तथा हरिवोधनी एकादसी समेत भएकाले मंसिर ०७ गते विहिवारका दिन विदा दिने निणर्य गरिएको हो । 

विदा सूचना1700651900.jpg

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको