Chauthoanga - Nepali News Media
बंगलाचुलीमा भोली भैलो महोत्सव, तयारी अन्तिम चरण,संचार मन्त्री रेखा शर्माले उद्घाटन गर्ने

कमिरेचौर- दाङको बंगलाचुली गाउँपालिकाले आयोजना गरेको भैलो महोत्सवको तयारी पुरा भएको छ । गाउँपालिकाले मौलिक, लोक कला संस्कृति एवं परम्पराहरुको संरक्षणको लागि गाउँपालिकाको पर्यटकिय स्थल बंगलाचुली लेकमा भैलो महोत्सव गर्न लागेको हो ।

महोत्सवमा नेपाल सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा,लुम्विनी प्रदेश स्वास्थ्य मन्त्री राजु खानाल आउने बताईएको छ ।महोत्सवको तयारी गाउँपालिकाले तिव्रताका साथ गरिरहेको बंगलाचुली गाउँपालिका अध्यष तुलसीराम पुनले जानकारी दिनुभयो । महोत्सवका गाउँपालिका ८ वटै वडाहरु भैलो समूहहरु सहभागि हुने अध्यक्ष पुनले बताउनुभयो । 

भैलो मुल्याङ्कनका लागि लोकसंस्कृत विद्द डाक्टर गोविन्द आचार्य, वरिष्ठ कलाकारहरु चन्द्र शर्मा, दुर्गा रायमाझी आउनुहुने भएको छ । भैलो महोत्सवमा स्थानिय चर्चित हाँस्य कलाकार कमल गाउँलेलगाएतका कलाकारहरु समेतको प्रस्तुती रहने छ । मसिर ७ गते भोली हरिबोधिनी एकादशीको दिन भैलो महोत्सवको आयोजना गरिएको छ । भैलो कार्यक्रममा सहभागी सबै भैलो लाई प्रोत्साहान रकम तथा उत्कृष्ट भैलोलाई थप पुरस्कारको व्यवस्था गरिने अध्यक्ष पुनमगरले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको