Chauthoanga - Nepali News Media
दाङको बंगलाचुलीमा नेपाल टेलिकमको (एफटिटिएच) सेवा सुरु

कमिरेचौर - नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको पहाडी गाउँपालिका बङ्लाचुलीको कमिरेचौरमा नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटिएच) सेवाको उद्घाटन गर्नुभएको छ ।

सेवा सुरु भएसँगै सञ्चार सुविधाले पछाडी पारिएको यो गाउँपालिकामा अब द्रूतगतिको इन्टरनेट चल्नेछ । अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत ल्याण्डलाईन टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सकिने छ । कमिरेचौरमा ५ सय १२ लाइन क्षमताका फाइबर डिस्ट्रिव्युसन क्याविनेट (एफडिसी) जडान गरि सेवा सुरु गरिएको हो ।

नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय काठमाडौँका ईन्जिनियर सुरेश भण्डारीका अनुसार पहिलो चरणमा बङ्गलाचुली गाउँपालिकाको कार्यालय, कमिरेचौर बजार र श्रीवारीका गाउँहरुमा यो सेवा उपलब्ध गराईने छ ।

टेलिकमले २५, ५०, १०० र १५० एमबीपीएसको गतिमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको छ । सेवाको सुरुवात गर्दै मन्त्री शर्माले बर्षौंदेखि सञ्चार सुविधाबाट अलग भएको गाउँमा सेवा पुग्दा नागरिकको दैनिकी सहज बन्ने प्रतिकृया दिनुभयो । यो पालिका मन्त्री शर्माको आफ्नै निर्वाचन क्षेत्र पनि हो ।


 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको