Chauthoanga - Nepali News Media
बचनीमा खानेपानी आयोजनाको काम सुरु

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ३ र ६ बचनी गाउँका स्थानियलाई लक्षित गरी खानेपानी आयोजनाको काम सुरु भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ३ स्थित गोवन पानी लिफ्ट खानेपानी आयोजनाको  काम सुरुभएको हो । पहिलो चरणमा पानी ट्याङ्गकी निर्माणको काम सुरुभएको छ ।

यसैविच सो आयोजनाको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले अनुगमन गर्नुभएको छ । सो अवसरमा स्थानिय अगुवा ऋषी विश्वकर्माले ट्याङ्की निर्माण स्थलको भौगोलिक अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । अध्यक्ष पुनमगरले खानेपानी आयोजनाको लागि ट्याङ्की निर्माणका लागि बनाउँदै गरेको घडेरीको अनुगमन गर्नुभएको हो । बंगलाचुली गाउँपालिका र समाजविकास संजाल बंगलाचुलीको १८ लाख संयुक्त लगानिमा यो आयोजना सम्पन्न हुँदै छ । 
गाउँपालिकाको एक घर एक धारा अभियान अनुसार खानेपानी योजनाका कामहरु अघिबढेको अध्यक्ष तुल्सीराम पुनमगरले जानकारी दिनुभयो । आउने बैशाख महिना सम्ममा बचनीका स्थानियलाई खानेपानी उपलब्ध गराउने गरी काम अघि बढेको समाज विकास संजाल बंगलाचुलीका व्यवस्थापक वासुदेव भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको