Chauthoanga - Nepali News Media
पत्रकार महासंघ दाङको ३१ औं स्थापना दिवश मनाउने

दाङ, - नेपाल पत्रकार महासंघ दाङ शाखाले ३१ औँ स्थापना दिवश विविध कार्यक्रम गरि मनाउने भएको छ । महासंघको हिजो बसेको बैठकले स्थापना दिवशको अवसरमा पुस १ देखी ४ गतेसम्म विविध कार्यक्रम गरि मनाउने निर्णय गरेको हो । दिपशको अवसरमा पुस १ गते रक्तदान कार्यक्रम, २ गते खेलकुद कार्यक्रम, ३ गते जेष्ठ पत्रकारहरुसँग भेटघाट एवं अनुभव आदानप्रदान कार्यक्रम र ४ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको हो । 

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल के.सीको अध्यक्षतामा बसेको बैठकले दिवशकालागी विभिन्न समितिहरु गठन गरेको छ । कार्यक्रम व्यवस्थापनकालागी सचिव आर.के.शीतल संयोजक, सहसचिवहरु दशरथ घिमीरे र दिप्तीशीखा चौधरी सदस्य रहेको कार्यक्रम व्यवस्थापन समिति, उदय विसी संयोजक, जिवन नेपाली र गिरिराज नेपाली सदस्य रहेको मञ्च व्यवस्थापन समिति, दिप्तीशीखा चौधरी संयोजक अञ्जना चौधरी, यमकला भुषाल र उमा भण्डारी सदस्य रहेको फुलमाला व्यवस्थापन तथा अतिथि सत्कार समिति गठन गरिएको छ । रक्तदान कार्यक्रम संयोजनकालागी सदस्य गिरिराज नेपाली र खेलकुद कार्यक्रमको संयोजनकालागी सदस्य कुलदीप न्यौपानेलाई जिम्मेवारी दिईएको छ । स्थापना दिवशको अवसरमा पत्रकार महासंघ दाङको कार्यसमिति बैठकमा सर्वाधिक उपस्थित हुने एक जना सदस्यलाई सम्मान गर्ने निर्णय गरेको छ । 

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिसँगको सहकार्यमा पुस ५ र ६ गते फ्रि मिडिया नेटवर्कको बैठक र भ्रामक समाचारको दुरुपयोग नियन्त्रण सम्बन्धी अन्तरक्र्रिया कार्यक्रम आयोजना गर्ने, दाङको समग्र विकासकालागी दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाईमा गठन भएको ‘दाङ–देउखुरी विकास सरोकार मञ्च’मा नेपाल पत्रकार महासंघ दाङको तर्फबाट निवर्तमान अध्यक्ष एवं सल्लाहकार सविन प्रीयासनलाई प्रतिनिधी पठाउने निर्णय भएको सचिव आर.के.शीतलले जानकारी दिनुभयो ।
 बैठकले नेपाल पत्रकार महासंघ दाङका सदस्य प्रेमबहादुर राम्जा मिति २०८० कार्तिक १७ गते बबई गाउपालिका ७ मलै खोलाबाट घर फर्कने क्रममा सवारी दुर्घटना परि घाईते भएकाले उहाँको उपचारकालागी पत्रकार राहत कोषबाट १० हजार रुपैया सहयोग गर्ने निर्णय गरेको छ ।

371411382_1035888020991499_5414673045632398856_n1702293392.jpg

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको