Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिका, सहकर्मी समाज,समाजविकास संजालको साझेदारीमा संचालित खानेपानी योजनाको कामले गति लिँदै

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिका तथा सिमावी नेदरल्याण्डको संयुक्त आर्थिक साझेदारी र सहकर्मी समाजको प्राविधिक सहयोगमा यस पालिकाको दुई स्थानमा खानेपानीको योजनाको काम अघि बढेका छन् । बंगलाचुली गाउँपालिका वडा नम्वर ३ को बचनी र वडा नम्वर ४ को फाँटामा खानेपानी आयोजनाको काम अघि बढेको हो । 

बंगलाचुली गाउँपालिका वडा नम्वर ३ स्थित गोगन पानी लिफ्ट खानेपानी र वडा नम्वर चारको फाँटामा जुकेखोला लिफ्ट खानेपानी आयोजनाको  काम तिव्ररुपमा अघि बढेको छ । वडा नम्वर ३ को गोगन पानी लिफ्ट खानेपालीका लागि बंगलाचुली गाउँपालिकाको ४ लाख पचास हजार  र समाज विकास संजाल बंगलाचुलीको १३ लाख र जन श्रमदानको  ३ लाख गरि जम्मा २० लाख ५० हजारको संयुक्त लगानिमा ४० घन मिटरको ट्याङ्की निर्माणको काम सम्पन्न हुँदै छ ।

भने वडा नम्वर चारको जुकेखोला लिफ्ट खानेपानीका लागि बंगलाचुली गाउँपालिकाको ४  लाख ५० हजार र समाज बिकास संजालबाट र ५ लाख ३० हजारको लगानीमा खानेपानी ट्याङ्कि निर्माणको काम सुरु भएको समाज विकास संजाल बंगलाचुलीका व्यवस्थापक बासुदेव भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकाको एक घर एक धारा अभियान अनुसार खानेपानी योजनाका कामहरु अघिबढेको बताउँदै यस अभियानमा स्थानिय साझेदार संस्था समाज बिकास संजालले साथ दिएको अध्यक्ष तुल्सीराम पुनमगरले जानकारी दिनुभयो । आउने बैशाख महिना सम्ममा बचनीका स्थानियलाई खानेपानी उपलब्ध गराउने गरी काम अघि बढेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।यि योजनाहरुको विभिन्न समयमा कामको गुणस्तर तथा कार्यप्रगतिको अनुगमन समेत भएका छन् । 
बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर , वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा,वडा नम्वर चारका अध्यक्ष डाँस बहादुर डाँगी, समाज विकास संजाल बंगलाचुलीका अध्यक्ष भिम बहादुर राना,व्यवस्थापक वासुदेव भण्डारी लगाएतले योजनाको अनुगमन गर्नुभएको हो ।  

यसैविच यी योजना सम्पन्न गर्नका लागि स्थानिय उपभोक्ताहरु जनश्रमदानमा उत्तसाहका साथ सहभागि भएका छन् ।स्थानियहरुले व्यवस्थित खानेपानीका लागि आएको बजेटको सदुपयोग र आफुहरुको अपनत्वका लागि सक्रियताका साथ श्रमदानमा जुटेको प्रतिक्रिया दिएका छन् । 

404154051_300161063001860_1192562959527055133_n1703233681.jpg

वडा नम्वर ३ को योजनामा ५० घर स्थानियले तिन/तिन दिन श्रम दान गरेका छन् भने वडा नम्वर चारको योजनामा एक सय घरधुरीले श्रमदान गरिसकेको समाज विकास संजालका व्यवस्थापक वासुदेव भण्डारीले जानकारी दिनुभयो । दुईवटा खानेपानीको योजना सम्पन्न भएमा वडा नम्वर ३ र ४ का १ सय १२ घर धुरीका स्थानिय प्रत्यक्ष लाभावन्वित हुने छन् । 


 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको