Chauthoanga - Nepali News Media
कमिरेचौर महिला बचत तथा ऋण सहकारी संस्थाको १६ ‌औँ वार्षिक साधारण सभा सम्पन्न

कमिरेचौर - बंगलाचुली गाउँपालिका वडा नम्वर चारमा रहेको कमिरेचौर महिला बचत तथा ऋण सहकारी संस्थाको १६ ‌औँ वार्षिक साधारण सभा आज कमिरेचौरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दुर्पता पौडेलको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । सभामा बोल्दै उपाध्यक्ष जिसीले गाउँपालिकामा रहेका सहकारी संस्थाहरुको नियमन तथा व्यवस्थापनका लागि गाउँपालिकाले आन्तरिक तयारी गरेको बताउनुभयो । उहाँले सहकारी मापदण्डको पालना नगर्ने,तथा अव्यवस्थित सहकारीहरुलाई पालिकाले संचालनमा रोक लागउनुका साथै दर्ता खारेज समेत गर्ने तयारी गरेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका जिसीले गाउँपालिकाले सामुदायीक वन र सहकारीलाई पालिकाले व्यवस्थित गर्नेगरी काम अघि बढाएको बताउनुभयो । कार्यक्रममा बंगलाचुली गाउँपलिकाका प्रवक्ता वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा,वडा नम्वर ४ का अध्यक्ष डाँस बहादुर डागी,निवर्तमान वडा अध्यक्ष एवं गढी वहुउद्देश्यिय सहकारी संस्थाका अध्यक्ष नारायण डागी,काभ्रे कृषि सहकारी संस्थाका अध्यक्ष शिवराज परियार,रेडियो बंगलाचुलीका स्टेशन म्यानेजर जीवन नेपाली,बंगलाचुली अस्पतालका सिअहेव दामोदर सुवेदी,बंगलाचुली गाउँपालिकाका महिला विकास निरिक्षक कल्पना केसी,कमिरेचौर महिला बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष रत्नलक्ष्मी थापा लगाएतले बोल्नुभएको थियो ।

साधारण सभामा सहकारी संस्थाका वसन्ता तीवारीले वार्षिक प्रतिवेदन र सहकारीका व्यवस्थापक वसंन्ता वलीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सेयर सदस्य उमा बुढाले गर्नुभएको थियो । सहकारीले वार्षिक लाभावंस समेत वितरण गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको