Chauthoanga - Nepali News Media
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको  मुद्दामा  बहस सुरु

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको जबर्जस्ती करणीको मुद्दामा फैसला बहस सुरु भएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासमा बहस आरम्भ भएको हो ।

सुरुमा जाहेरवालातर्फबाट सरकारी वकिलले बहस गरिरहेका छन् । त्यसपछि सन्दीपको तर्फबाट बहस हुने छ ।आजै फैसला आउने सम्भावना कम रहेको स्रोतले बताएको छ । यसअघि अघिल्लो इजलासले बहस नोट पेश गर्न आदेश गरेको थियो । विभिन्न बहानामा यो मुद्दाको बहस पछि धकेलिँदै आएको छ ।

जाहेरवालातर्फबाट २ जना सरकारी वकिल र अन्य ६ जना वकिलले बहस गर्ने तयारी छ । यस्तै सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, रमन श्रेष्ठ, सविता भण्डारी बरालसहितले बहस गर्नेछन् । अहिलेसम्म एक जना सरकारी वकिलले बहस बहस गर्नुभएको छ ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको