Chauthoanga - Nepali News Media
माओवादी केन्द्रका नेता कालीबहादुर खामलाई प्रहरीद्वारा  पक्राउ

काठमाडौँ - नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खामलाई प्रहरीले पक्राउ गरेको छ । उहाँलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरिएको हो । 

तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले बताउनुभयो । 

हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनु भएका खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ। उहाँ लामो समयदेखि श्रेष्ठको हत्या कसूरमा फरार रहँदै आउनुभएको थियो । 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको