Chauthoanga - Nepali News Media
लघुवित्तका ऋणिहरुद्वारा लघुवित्तमा तोडफोड

कमिरेचौर - लघुवित्त संस्था विरुद्ध आन्दोलन गर्दै आएको ऋणिहरुको एक समूहले आज लघुवित्त वित्तिय संस्थाहरुमा हुलदङ्गा गरेका छन् । उनिहरुले दाङको बंगलाचुली गाउँपालिको कमिरेचौरमा रहेका वित्तिय संस्थाका शाखा कार्यालयमा हुलदङ्गा गर्नुका साथै संस्थाको साईनबोर्डहरु तोडफोड गरेका छन् । 

लघुवित्त वित्तिय शोषण विरुद्धको संघर्ष समिति दाङका अध्यक्ष कृष्ण बहादुर सुनारको नेतृत्वमा आएका झण्डै एक सयको संख्यामा रहेका एक समूहले हुलदङ्गा तथा तोडफोड गरेको हो । लामो समयदेखि विभिन्न मागहरु राख्दै वित्तिय संस्थाहरुको विरुद्धमा आन्दोलन गरिरहेका उनिहरुले वित्तिय संख्थाहरुले आफुहरुलाई विभिन्न खालका दवावमा पार्न थालेको भन्दै आन्दोलन गरेको बताएका  छन्  ।  आन्दोलनरत संघर्ष समिति र नेपाल सरकार विच विभिन्न चरणका बार्ताहरु भइरहेको अवस्थामा लघुवित्त वित्तिय संस्थाहरुले आफुहरु (ऋणिहरु)लाई कालो सुचिमा राखेको,धम्माउने गरेको आरोप लगाएका छन् ।

 सोही कदम विरुद्ध आफुहरुले आन्दोलन गरेको संघर्ष समितिका अध्यक्ष सुनारको भनाई छ ।   संघर्ष समिति दाङका अध्यक्ष कृष्ण बहादुर सुनार सहित जिल्लाका पदाधिकारी,सदस्यहरु र बंगलाचुली गाउँपालिका भित्र रहेका लघुवित्तका केही ऋणिहरुको उपस्थितिमा आज कमिरेचौरमा आन्दोलन सहित तोडफोड भएको हो । 

आन्दोलित पक्षले बंगलाचुली ३ कमिरेचौरमा रहेका जाल्पा सामुदायिक लघुवित्त, छिमेकि लघुवित्त, आत्मनिर्भर लघुवित्त , आरम्भ चौतारी लघुवित्त तथा । भने वडा नम्बर चारमा रहेको ग्रामीण महिला लघुवित्त वित्तीय संस्थाको साईन बोर्ड तोडफोड गरि क्षति पुर्र्याएका छन् । आन्दोलित समूहले लघुवित्त संस्थाले ऋणीहरुलाई पठाएको पत्रहरु समेत जलाएका छन् । 

आन्दोलन-कारी-1711976855.jpg
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको