Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेश सरकारले कानुन निर्माणलाई उच्च प्राथमिता दिएको छ : प्रदेश सभामुख घर्तिमगर

दाङ- लुम्विनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले प्रदेश सरकारले कानुन निर्माणलाई उच्च प्राथमिता दिएको बताउनु भएको छ । उहाँले कानुनको अभावमा कामकाज रोकिने अवस्था हटाई सहजताको बाटो खोजिरहेको बताउनुभयो । 

संघियताको मर्मअनुसार तिनै तहको सरकार अघिबढेको अवस्थामा कानुन नहुँदा हरेक कामकाजले गतिलिन नसकिरहेको अवस्थालाई ध्यानमा राख्दै लुम्बिनी प्रदेश सरकारले कानुन निर्माण र कार्यान्वयनको पाटोलाई तिव्रता दिएको बताउनुभयो । 

आज दाङको बंगलाचुली गाउँपालिकामा आयोजित कानुन निर्माण प्रक्रियाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घर्तिमगरले यस्तो बताउनुभएको हो ।उहाँले प्रदेश सरकारले प्रदेश निजामति ऐन २०८० जारी गरिसकेको र आउँदो हिउँदे अधिवेसनमा पेश हुनेगरी स्थानिय निजामती सेवा ऐन २०८० को निर्माणको कामभईरहेको जानकारी दिनुभयो ।कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका सभामुख तुलाराम घर्तीमगरले स्थानिय तहमा कानुनको सैद्धान्तिक ज्ञानको अभावमा अनेकौँ समस्याहरु आएको र त्यसको समाधानका लागि प्रदेशले कानुन निर्माण गरेर बाटो खोल्ने बताउनुभयो । 

कार्यक्रममा बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनमगरले बंगलाचुली गाउँपालिकाले प्रदेश सरकारको ऐनलाई टेकेर कानुन बमोजिम कामकाज अघि बढाएको बताउनुभयो । उहाँले प्रदेश सरकारले समयमै आवश्यक कानुनको निर्माण नगर्दा कतिपय अवस्थामा स्थानिय सरकारको कानुन र प्रदेश सरकारको कानुन वाझिँदा समस्या झेल्नु परेको स्मरण गराउनु भयो । 

बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष एवं न्यायायिक समितिका संयोजक भक्त बहादुर जिसीले स्वागत तथा विषय प्रवेश गराउनुभएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त पौडेलले गाउँपालिकाले निर्माण गरेका कानुनका वारेमा जानकारी गराउनुभएको थियो । 

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्मा,लेखा अधिकृत नारायण प्रसाद आचार्य लगाएत विभिन्न शाखाका कर्मचारी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण गाउँपालिकाका योजना शाखा प्रमुख नुमाकान्त कालाथोकिले गर्नुभएको थियो ।

यसैविच प्रदेशसभा सभामुख घर्तिले आजै बंगलाचुली गाउँपालिका वडा नम्वर ४ स्थित गढिलेकको स्थलगत अवलोकन समेत गर्नुभएको छ । सभामुख घर्तिले ऐतिहाँसिक किल्ला गढिलेकको संरक्षण तथा स्तरोन्तिका लागि आवश्यक पहल गर्ने समेत बताउनुभएको छ । 

412867988_695201172679136_3991432937469065118_n1703412458.jpg

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अनुरोधमा सभामुख घर्तिमगरले गढिलेकको अवलोकन गर्नुभएको हो । सोअवसरमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी,गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्मा लगाएतको सहभागिता रहेको थियो ।    

412860442_695201156012471_2538261954587241519_n1703412491.jpg

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको