Chauthoanga - Nepali News Media
आज जेष्ठ नागरिक दिवस, दिवसको अवसरमा बंगलाचुली गाउँपालिकाले जेष्ठनागरिकहरुलाई न्यानोकपडा वितरण

दाङ - आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस। दिवसको अवसरमा बंगलाचुली गाउँपालिकाले जेष्ठ नागरिकलाई न्यानोकपडा (थर्मकोट सेट) वितरण गरेको छ ।दिवसको अवसर पारेर बंगलाचुली गाउँपालिका वडा नम्वर ४ का ८० वर्षभन्दा माथिका ९ जना वयोवृद्धालाई आज न्यानो कपडा विवरण गरिएको हो ।
बंगलाचुली गाउँपापलिका वडा नम्वर चारका अध्यक्ष डाँस बहादुर डाँगिको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी वृद्धवृद्धालाई न्यानोकपडा (थर्मकोट) सेट वितरण गरिएको हो । 
गाउँपालिकाको ८ वटै वडाका १ सय ४३ जनालाई न्यानो कपडा वितरण गरिने बंगलाचुली गाउँपालकाका महिला तथा बालवालिका शाखा प्रमुख कल्पना केसीले जानकारी दिनुभयो । दिवसको अवसरमा आज वडा नम्वर चारका केही उपलब्ध जेष्ठनागरिकलाई मात्र न्यानो कपडा दिएको भएपनी सबै वडाका जेष्ठनागरिकलाई कपडा दिईने केसीले जानकारी दिनुभयो ।  बंगलाचुली गाउँपालिकाले ८० वर्ष भन्दा माथिका १ सय ४३ जना वृद्ध वृद्धालाई न्यानो कपडा वितरण गर्नेगरी प्रत्येक वडाबाट नामवली संकलन समेत गरिएको छ ।  
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले जेष्ठनागरिकको सम्मानका लागि गाउँपालिकाले ज्येष्ठ नागरिक दिवसको अवरमा न्यानोकपडा वितरण गर्ने कार्यक्रम गरेको बताउनुभयो । अध्यक्ष पुनगरले स्थानिय सरकारलाई जेष्ठनागरिकहरुले सल्लाह सुझाव,तथा हौसल्लाह समेत दिनु पर्ने बताउनुभयो । उहाँले जेष्ठ नागरिक समाजका हरेक पक्षका जिउँदो साक्षिभएको बताउँदै जेष्ठनागरिक अनुभवको आधारमा समेत आफुहरुलाई केही नयाकाम गर्न प्रेरित हुने समेत बताउनुभयो । कार्यक्रममा बंगलाचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद आचार्य,वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्तीमगर,जेष्ठनागरिक मन्च बंगलाचुलीका अध्यक्ष शविराम कामी लगाएतले बोल्नुभएको थियो । 
बंगलाचुली गाउँपालिका योजना शाखा प्रमुख नुमाकान्त कालाथोकीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण महिला तथा वालवालीका शाखा प्रमुख कल्पना केसीले गर्नुभएको थियो । 
यसैविच न्यानो कपडा पाएपछि आफुहरुलाई खुसी महसुस भएको बंगलाचुली गाउँपालिका वडा नम्वर चार धामिचौर निवासी प्रेम बहादुर नेपालीले बताउनुभयो । उहाँले स्थानिय सरकारले आफु जस्तो जेष्ठनागरिकलाई सम्झेर गरेको सहयोगले आफुहरु हर्षित भएको प्रतिकृया दिनुभयो । उहाँलेभन्नुभयो,"हामि डाँडामाथी पुगेको घाम जस्तो भएकाहरुलाई यो चिसो मौसममा गाउँपालिकाले दिएको न्यानो कपडाले जाडो छल्न सहयोग पुग्छ । म निकै खुसी छु।हामीलाई स्थानिय सरकारको भएको महसुस भएको छ।" 

यसैविच यो दिवस आज दाङ सहित देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने दिनको अवसरमा जेष्ठ नागरिक दिवस मनाउन थालिएको हो। 

राष्ट्रिय ज्येष्ठ नागरिक कोषको पहलमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो । विश्वमा भने संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ लाई अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको रुपमा मनाउने गरिन्छ।

विश्वमा प्रत्येक सेकेण्डमा दुई जना ६० वर्षे ज्येष्ठ नागरिकमा प्रवेश गर्ने तथ्यांक छ। अहिले विश्वमा ९० करोडको हाराहारीमा ज्येष्ठ नागरिक रहेका छन्। 
 

 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको