Chauthoanga - Nepali News Media
बालकुमारी घटना छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाण्डौ – ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटना र प्रदर्शन लगायतका विषयमा छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ । प्रहरी नायब महानिरीक्षक (डीआइजी) लालमणि आचार्य संयोजक रहेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य रहेका गृह मन्त्रालयले जनाएको छ।

समितिलाई सात दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन दिन भनिएको छ । यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान गएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले आज विज्ञप्ति निकालेर घटनाको अध्ययन अनुसन्धान थालिएको पनि जनाएको छ । प्रारम्भिक अध्ययनबाट प्रहरीले अत्यधिक बल प्रयोग गरेको देखिएको आयोगले जनाएको छ । 

412944927_10228381920246401_1321387180664304655_n1703848420.jpg

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको