Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकामा घुमन्ने व्यपारीलाई व्यवसायमा रोक लगाईने

दाङ- बंगलाचुली गाउँपालिकामा वाहिरबाट आउने घुमन्ने व्यपारीलाई व्यवसायमा रोक लगाईने भएको छ । दाङ उद्योग वाणिज्य संघ बंगलाचुली शाखाको आयोजनामा आज बंगलाचुली गाउँपालिकामा भएको छलफल कार्यक्रममा घुमन्ते व्यवसायीलाई रोक लगाउने सहमति भएको हो ।

बंगलाचुली गाउँपालिका र उद्योगवाणिज्य संघ तथा स्थानिय व्यवसायीको विचमा आज भएको छलफलबाट यस्तो सहमति भएको हो ।छलफलमा स्थानिय व्यवसायीले घुमन्ते व्यवसायीले राज्यलाई तिर्नुपर्ने कर नतिरेको,व्यवसाय दर्ता नगरेको र चर्को मुल्यमा सोझा जनतालाई गुणस्तरहिन सामग्री वेच्ने गरेको भन्दै पालिकाको ध्यानआकर्षण गराएका थिए ।

छलफल पछि बंगलाचुली गाउँपालिकाले पारित गरेको घुमन्ते व्यवसायीलाई व्यपार गर्न दिने कानुन संसोधन गरी आउँदो गाउँसभाबाट रोकलगाउने गरी प्रक्रिया अघि बढाईने गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले प्रतिवद्धता जनाउनु भएको छ । अध्यक्ष पुनले आउने गाउँ सभा हुनुभन्दा पहिले सम्बन्धित समितिको वैठक बसाली कानुन संसोधन गर्ने बताउनुभएको छ ।

कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष वसन्त जोशिले व्यावसायी गर्नका लागि स्वीकृत लिएकोले मात्र गर्नुपर्ने र नेपाल सरकारको व्यावसायिक नियम भित्र रहेर मात्र व्यापार गर्नुपर्ने बताउनु भयो । उद्योग बाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले स्थानीय सरकार र व्यावसायि बिच सहकार्य गरि अनुगमन गर्ने, स्थानीय उत्पादनलाई बजारीकरण गर्नु पर्नेमा जोड दिनुभयो ।

उद्योग वाणिज्यसंघ बंगलाचुली शाखाका कार्यवहाक अध्यक्ष कुल बहादुर वलीको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख अतिथ्यता र दाङ उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बंगालाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी, वडा नम्बर ३ का वडा अध्यक्ष शोभाराज विश्वकार्मा, ५ का अध्यक्ष लिला बहादुर घर्ती, ६ का अध्यक्ष डोम बहादुर केसि, दाङ जिल्ला उद्योग बाणिज्य संघका सचीव विकास वली, कार्यसमिति सदस्य निम बहादुर बुढाथोकी,केशव जीसी,जितवबहादुर वली लगायत पदाधिकारी र स्थानीय व्यापारीको उपस्तिथी रहेको थियो ।

 

 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको