Chauthoanga - Nepali News Media
दिवंगत खत्रीको  १३ औँ दिनको पुण्यतिथिको अवसरमा  माओबादी केन्द्र बंगलाचुली द्वारा श्रद्धाञ्जलीसभा सम्पन्न

कमिरेचौर - नेकपा माओबादी केन्द्र बंगलाचुली गाउँकमिटी सचिवालय सदस्य रोवर सिंह खत्रीको  १३ औँ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जलीसभा सम्पन्न सम्पन्न गरीएको छ । दिवंगत खत्री निवास बंगलाचुली गाउँपालिका वडा नम्वर ८ टिकुलीदमारमा श्रद्धाञ्जली शभा गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) बंगलाचुली गाउँकमिटीको आयोजनामा खत्रीको श्रद्धाञ्जलीसभा गरिएको हो । गाउँपार्टी कमिटी अध्यक्ष डोमाकान्त कमवर मगरको अध्यक्षता एवं  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दाङका इन्चार्ज निर्मल आचार्यका प्रमुख आतिथ्यता तथा  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) दाङका संयोजक तुलसीराम पुन (सुवास) र गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीको विशष्टि आतिथ्यतामा सभा सम्पन्न भएको हो । 

श्रद्धान्जलीसभाका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र दाङका ईन्चार्ज आचार्यले महान जनयुद्धको समयमा टीकुलीदमार गाउँ र रोबर सिँह खत्रीको  ठूलो योगदान रहेको बताउनुभयो । उहाँले रोबर सीह परिपक्व राजनैतिक कार्यकर्ता , सक्रिय समाजसेवी , इमानदार शिक्षाप्रेमी र असाल अभिभावक रहेको बताउँदै उहाँको देहान्तले गाउँको धुरी खाबो ढलेको अनुभुती भएको बताउनुभयो ।नेता आचार्यले टिकुली दमार गाउँ र  दिवंगत खत्रीले महान जनयुद्धमा निर्वाह गरेको भुमिका को उच्च प्रसंशा गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

श्रद्धाञ्जली शभामा नेकपा माओबादी केन्द्र दाङ जिल्ला संयोजक एवं बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन, बङ्गलाचुली गाउँपालिका  उपाध्यक्ष  भक्त बहादुर जिसि, बंगलाचुली गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्मा,बंगलाचुली गाउँपालिका वडा नम्वर ८ का अध्यक्ष झविन्द्र बहादुर गाहा ,कलासाहित्य तथा संस्कृत बिभागका केन्द्रिय सदस्य राम प्रसाद जैशी , नेकपा माओबादी केन्द्रका लुम्विनि प्रदेश सल्लाहकार फनाधर बुढा , प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य पुरन शर्मा, नेकपा माओबादी केन्द्र घोराही नगर सचिवालय सदस्य दोर्ण बेलबासे , नेपाल राष्ट्रिय बुद्धिजिवि संगठन घोराही नगर सचिव श्यामलाल मल्ल लगाएतले श्रद्धाञ्जली मनतव्य व्यक्त गर्नुभएको थियो । 
नेकपा माओबादी केन्द्र बंगलाचुली गाउँकमिटी उपाध्यक्ष गिररा बाँठाले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।यसैविच दिवंगत खत्रीको परिवारले दुईवटा विद्यालयमा अक्षकोष स्थापना गरेको छ । सरस्वती प्रावी टिकुली दमार र सरस्वती मावी जवरकोटमा अक्षकोष स्थापना गरिने बताईएको छ ।  दिवंगत रोबर सिँह खत्रीको वुवा,श्रीमती,दुई छोरा र एक हुनुहुन्छ । 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको