Chauthoanga - Nepali News Media
स्वर्गिय पिता र माताको सम्झनामा  विद्यालयमा अक्षयकोष स्थापना

कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ६ आरुगैराका एक दम्पतिले स्वर्गिय पिता र माताको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।लामो समय भारतीय सेनामा सेवा गरी अवकाश लिएपछि आफ्नै जन्मभूमिमा सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएका दाङ बंगलाचुली गाउँपालिका वडा नंवर ६ आरुगैरा निवासी दिनाराम धर्ती र उहाँको धर्म पत्नी बिष्णी धर्तीले स्वर्गिय पिता प्यारु घर्ती र माता भिमा घर्तीको सम्झनामा अक्षयकोष स्थापना गर्नुभएको हो । बंगलाचुली गाउँपलिकाको वडा नम्बर ६ को खमारी चिउरीडाँडामा अवस्थित डाँफे आधारभुत विद्यालयमा ५१ हजार १ सय १५ रुपैयाको प्यारु भिमा स्मृति अक्षयकोष स्थापना गर्नुभएको हो ।


 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको