Chauthoanga - Nepali News Media
प्रधानमन्त्रीको सचिवालयका १३ कर्मचारी कटौती

 काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो स्वकीय सचिवालयका १३ जना कर्मचारी कटौती गर्नुभएको छ। सचिवालयमा धेरै कर्मचारी नियुक्त गरेको टिप्पणी बढेपछी प्रधानमन्त्रीले एकैपटक १३ जना कर्मचारी कटौती गर्नुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयबाट ५ जना उपसचिव, एक जना शाखा अधिकृत, तीन जना प्रशासन सहायक, दुई जना कम्प्युटर सहायक, एकजना कार्यालय सहायक र २ जना हलुका सवारी चालक रहेका छन्। उनिहरुलाई माघ १ गते हिजोबाट लागु हुनेगरी हटाइएको हो ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयका प्रमुख स्वकीय सचिव सन्तकुमार दरैले प्रधानमन्त्रीकै निर्देशनअनुसार उनीहरूलाई बिदाइ गरिएको जानकारी दिनुभयो।

दरैका अनुसार यसअघि प्रधानमन्त्रीको स्वकीय सचिवालयमा प्रमुख राजनीतिक सल्लाहकारसहित ३४ जना रहेका थिए ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको