Chauthoanga - Nepali News Media
बंगलाचुलीको वडा नम्बर ८ मा महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ८ मा भलिबल प्रतियोगिता हुने भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ८ को आयोजनामा यहि माघ १२ गते शुक्रबारदेखि वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने वडा अध्यक्ष झविन्द्र बहादुर गाहा मगरले  जानकारी दिनुभयो । खेल वडा नम्बर ८ को हासिपुर खेल मैदानमा हुने वडा अध्यक्ष गाहा मगरले जानकारी दिनुभयो । खेल वडा भित्रका टोलविकास संस्था स्तरीय हुने उहाँले बताउनुभयो । टिम दर्ता शुल्क नलाग्ने र यहि माघ १० गतेसम्म टिम दर्ता गर्न आह्वान गरीएको छ । साथै खेल नकआउट सिस्टममा खेलाइने पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको