Chauthoanga - Nepali News Media
घोराही-पूरुङ-तापा जोड्ने भित्री सडक खण्डमा बस सेवा सुरु, हेर्नुहोस् यस्तो छ भाडा दर

कमिरेचौर- दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ४ को पूरुङ-फाँटा-नुनजेला-वागी काभ्रे-तल्लोकाभ्रे-धामिचौर हुदै ठाँटीगैरा जोड्ने सडक खण्डमा बस सेवा सुरुगरिएको छ । घोराही-हर्नोक- पूरुङ-फाँटा-नुनजेला-बगी काभ्रे-तल्लोकाभ्रे-धामिचौर हुदै तापा सम्मको रुट भयर यात्रुवहाक सब संचालनमा आउने वडा अध्यक्ष डाँस बहादुर डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बंगलाचुली गाउँपालिका वडा नम्वर चारको ९ लाख ५० हजार बजेट मार्फत पूरुङ-फाँटा-नुजला-बगी काभ्रे-तल्लोकाभ्रे- धामिचौर सम्मको ९ किलोमिटर सडकको स्तरोन्ति गरेपछि बस सेवा सुरु गरिएको हो । यसअघि संचालनमा रहेको घोराही-हर्नोक-जुम्लेपानी-ठाटिगैरा हुँदै तापारुट भएर चल्ने बस अब नयाँरुट घोराही-हर्नोक- पूरुङ-फाँटा-नुनजेला-बगी काभ्रे-तल्लोकाभ्रे- धामिचौर हुदै तापा सम्मको रुट भयर चल्ने छ ।

यस रुटमा संचालन हुने बसको भाडादर समेत कायम गरिएको छ । जसअनुसार घोराही-पुरुङ १ सय ५०,घोराही-फाँटा १ सय ७०,घोराही नुनजेला १ सय ७०,घोराही-जुम्लेपानी - बागीटोल १ सय ९०,घोराही तल्लोकाभ्रे –ठाँटिगैरा २ सय ,घोराही-पोखरडाँडा २ सय ४० र घोराही-लेखतापा २ सय ७० भाडादर कायम गरिएको छ । यस रुटमा चल्ने बस तापा देखि विहान ८ बजे घोराहीका लागि छुट्ने छ भने घोराही देखि तापाको लागि दिउँसो ३:४५ बजेको समयमा छुट्ने छ । 

यसैविच दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ४ को पूरुङ-फाँटा-नुजला-वागी काभ्रे-तल्लोकाभ्रे-धामिचौर हुदै ठाँटीगैरा जोड्ने सडक खण्डमा बस सेवा सुरु भएपछि आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । बंगलाचुली गाउँपलिका वडा नम्वर ४ का अध्यक्ष डाँस बहादुर डाँगीको अध्यक्षता एवं गाउँपालालिका उपाध्यक्ष भक्त बहादुर जिसीको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।

सो अवसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले जनतालाई सहज सेवाका लागि नयाँ रुटबाट बस सेवा सुरुगरिएको बताउनुभयो । उहाँले यसरुटमा बससेवाको निरन्तरताका लागि गाउँपालिकाले आवश्यक बजेटको व्यवस्था गरिराख्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । नयाँरुटमा पहिलो पटक बस संचालन गर्ने रा १ ख२७२६ नम्वरको बसका कर्मचारीहरुलाई फुलमाला तथा अविरले स्वागत गरिएको थियो । साथै वडा अध्यक्ष डाँसबहादुर डाँगीले सबैलाई विशेष धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो । 


 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  २०:१९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको