Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिका दुई टाकुरा निवासी रावतको उपचारका लागि आर्थिक सहयोगको याचना 

दाङ - दाङको बंगलाचुली गाउँपलिका वडा नम्वर २ टाकुरी निवासी सुकमती रावतको उपचारका लागि आर्थिक सहयोगको याचना गरिएको छ ।

 माघ १ गते घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा भिर बाट लडेर दुबै खुट्टा काम नलाग्ने गरी गम्भीर घाइते भएकी रावतको आर्थिक अभावमा उपचारमा सममस्या भएको हुँदा आर्थिक सहयोग गर्न सबैलाई अपिल गरिएको हो । 

हाल घोराही स्थित बुद्ध हस्पिटलमा उपचारत रावतको पारिवारिक आर्थिक अवस्था कमजोर रहेकोहुँदा आर्थिक सहयोगको अपिल गरिएको स्थानिय खगेन्द्र बुढाथोकीले बताउनुभएको छ ।  

आर्थिक सहयोग गर्न चाहाने व्यक्तिले खगेन्द्र बुढाथोकीको नाममा रहेको आईसीआईसीआई बैंकको खाता नम्वर ००३१०१६४५३३४ मा रकम जम्मा गर्न सकिने छ ।  साथै फोन मार्फत सम्पर्क गरी वास्तविक विवरण बुझ्न चाहानेले भारतमा भिम कुमार बुढाको सम्पर्क नम्बर 0091-८८१६८१३३६५ र नेपालको लागि दिलिप पुनको सम्पर्क नम्बर ९८४१७८९६१६ मा सम्पर्क गर्न समेत सकिने छ ।


 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको