Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाको वडा नम्बर ३ मा भलिबल प्रतियोगिता हुने

कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिकाको वडा नम्बर ३ मा भलिबल प्रतियोगिता हुने भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ३ को आयोजनामा यहि माघ १३ र १४ गते प्रतियोगिता हुने वडा अध्यक्ष शोभाराज विश्वकर्माले जानकारी दिनुभयो । बंगलाचुली गाउँपालिकाको वडा नम्बर ३ को प्राङ्गण कमिरेचौरमा प्रतियोगिता हुने अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।प्रतियोगिता वडा नम्बर ३ भित्र रहेका टोल स्तरीय हुने उहाँले जानकारी दिनुभयो ।खेल नकआउट सिस्टममा खेलाइने र यहि माघ १२ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने बताइएको छ । टिमदर्ता निशुल्क रहेको छ ।टिम दर्ता गरेका खेलाडीहरु १३ गते बिहान ८ बजे प्राङ्गणमा आइपुग्नु पर्ने बताइएको छ । साथै खेलमा कुनै विवाद आएमा आयोजकको निर्णय सर्वमान्य हने वडा अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको