Chauthoanga - Nepali News Media
बस दुर्घटनाः दुईजनाको मृत्यु, दुईजना घाइते

दाङ- दाङमा बस दुर्घटना दुई जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका-१ निवासी ३६ बर्षिय भिमनाथ योगि र ठेगाना नखुलेका युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

बर्दियादेखि काठमाण्डौ जाँदै गरेको प्रदेश ३-०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका-९ रिहार नजिकै गएराती ११ बजे दुर्घटना भएको हो ।

बसमा ४७ जना सवार रहेका दुई जना घाइते भएको, अन्य यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ । बस चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भैरहेको छ ।

मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडी बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ ।

केहिदिन अगाडी नेपालगन्जबाट काठमाण्डौ जाँदै गरेको यात्रु बस दाङको भालुवाङ राप्ती पुलबाट खस्दा १२ जनाको घटनास्थलमै ज्यान गएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको