Chauthoanga - Nepali News Media
मन्त्री मास्कीको पहलमा ५ बर्षपछि ट्युवेल निरीक्षण 

दाङ - दाङको बबई गाउँपालिकामा तीन वटा डिप ट्युबेल निर्माणकालागि स्थलगत अवलोकन गरिएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको निर्देशनमा भूमिगत,जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दाङको टोलीले हिजो स्थलगत निरीक्षण गरेको हो ।

सोही ठाउँमा पाँच बर्ष अघि ट्युवेल निर्माण सुरुवात गरिएका थियो । तर, कोरोना पछि रोकिएको काम बीचमा अलपत्र भएको थियो । काम अलपत्र भएपछि त्यस क्षेत्रका किसानहरु निराश थिए । तर, अहिले निरीक्षणसंगै काम अघि बढ्ने भएपछि स्थानीय किसानहरु खुसी भएका छन् ।

बबई गाउँपालिका वडा नं. ४ को  मास्की टोल, बुद्धनगर टोल, वडा नं. ५ को बर्खेगोठरी टोलमा ट्युबेल बन्दैछन् । त्यसकालागि अर्थमन्त्री मास्कीले ३० लाख बजेट बिनियोजन गर्नुभएकोछ । अबको केही समयमा ति योजना कार्यान्वयनका चरणमा अघि बढ्ने कार्यालय प्रमुख सुरेन्द्र महर्जनले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको