Chauthoanga - Nepali News Media
दाङमा यात्रुवाहक जिप दुर्घटना एक जनाको मृत्यु ५ जना घाईते

दाङ- दाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ५ जना घाईते भएका छन् । जिल्लाको बबई गाउँपालिका–१ को गंगटेबाट तुलसीपुर आउँदै गरेको लु १ ज १४२७ नम्बरको जिप दुर्घटना हुँदा बबई गाउँपालिका–१ निवासी ४५ वर्षका जितबहादुर बुढाको मृत्यू भएको हो । 
 
भाङबारी नजिकै उकालोमा चढ्न नसकेर भएको दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका जितबहादुर बुढाको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो । 
दुर्घटनामा गम्भीर घाइते जिप चालक बबई गाउँपालिका–१ निवासी ४७ वर्षका लोकबहादुर रानालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार दुर्घटनामा बबई गाउँपालिका–१ निवासी ५० वर्षीय जोगबहादुर बुढा, १७ वर्षीया तारा सारु मगर, ३२ वर्षीया सङ्गीता बुढा, ४० वर्षीया वन्दना बुढा र सल्यान जिल्ला  शारदा नगरपालिका–९ निवासी ५० वर्षीया नन्दकली थापा घाइते हुनुभएको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । 


 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको