Chauthoanga - Nepali News Media
भिरबाट लडेर एकको मृत्यु

दाङ -दाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाकाे बबई गाउँपालिका ७ मलई स्यानि खोला जंगलमा घाँस काटेर घर फर्किने क्रममा अचानक भिरबाट लडेर साेहि ठाउँनिवासी १७ वर्षिया करिष्मा घर्तिकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक तथा सूचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिनुभयो ।  करिष्मा भिरबाट अन्दाजी ६५ मिटर तल लडेकी थिइन् । 

शवको प्रारम्भिक अनुसन्धान पछि पोष्ट मार्टम गरेर अभिभावकलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । तुलसीपुरमा अध्ययन गर्ने घर्ती बिदाको समय घर गएकि थिइन ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  २०:३६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको