Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा अहिलेसम्म  ४१ प्रतिशत मत खस्याे

दाङः लुम्बिनी प्रदेश अन्तरगत दुई सिटका लागि आज भैरहेकाे  राष्ट्रिय सभा निर्वाचनमा अहिलेसम्म  ४१ प्रतिशत मत खसेको छ । दाङको घाेराही स्थिति कर्मचारी मिलन केन्द्रमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरुका लागि दुई छुट्टा छुट्टै मतदान केन्द्रकाे व्यवस्था गरिएको छ । प्रदेसभा तर्फ ८७ मत मध्ये ३४ र स्थानीय तह तर्फ २१८ मत मध्ये ९४ मत खसेको छ ।  लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य र दुई सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरि तीन सय ५ जना मतदाता रहेका छ्न । अन्य तर्फ एक जना र महिला तर्फ एक जना गरि दुई सिटका लागि ६ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।  गठवन्धनका तर्फबाट महिला काेटामा नेपाली काङ्ग्रेसकि विष्णुदेवी सापकोटा एमालेबाट तुलसा केसि र राप्रपाबाट विजयालक्ष्मि सिह र अन्य काेटामा गठवन्धनबाट माओवादीका झक्कु सुवेदी , एमालेबाट झपेन्द्र बहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बाल गाेविन्द चाैधरिले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको