Chauthoanga - Nepali News Media
अखिल (क्रान्तिकारी)राप्ती ईन्जिनियरिङ कलेज इकाई समिती दाङ द्वारा दीप प्रज्वलन कार्यक्रम

दाङ- अखिल (क्रान्तिकारी) राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको आयोजनामा सहिद दिवसको अबसरमा ज्ञात तथा अज्ञात सहिदलाई सम्झी मौन धारण सहित दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएकाे छ ।

इकाई समिती अध्यक्ष इ. लोकेन्द्र डाँगीको अध्यक्षता एबम अखिल (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महराको प्रमुख आतिथ्यता तथा नेपाल बुद्धिजीवी संगठन दाङका सचिब डा. भिमसेन गिरी र अखिल (क्रान्तिकारी) दाङका कार्यालय सदस्य इ. गोबिन्द मल्लको विशिष्ट आतिथ्यमा भएको कार्यक्रमको सन्चालन रोहित पहाडिले गर्नु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  २१:५१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको