Chauthoanga - Nepali News Media
जनश्रमदान गरी झण्डै २ किलोमिटर बाटो निर्माण

कमिरेचाैरः दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ फाँटा टाेलकाे  घाटमा जाने झण्डै दुई किलोमिटर  बाटोको मर्मत गरिएको छ। बङ्गलाचुली गाउँपालिका वडा नम्बर ४ ले सुरु गरेको जनतासँग जनप्रतिनिधि तथा आफ्नो गाउँ आफै बनाउँ भन्ने अभियान अन्तर्गत आज सो बाटोको मर्मत गरिएको हो। बंगलाचुली गाउँपालिका वडा नम्बर ४ फाटाका स्थानीयहरूको सहभागितामा सो बाटो मर्मत गरिएको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष डाँस बहादुर डाँगीले जानकारी दिनुभयो । फाटाका स्थानीय तथा जनप्रतिनिधिको सहभागितामा झण्डै २ किलोमिटर बाटो बनाइएको अध्यक्ष डाँगीले बताउनु भयाे। बंगलाचुली गाउँपालिका वार्ड नं ४ फाटाका झण्डै सय स्थानीयको सहभागितामा सो बाटो बनाइएको हो। त्यस अवसरमा वडा नम्बर ४ का अध्यक्ष डाँसबहादुर डाँगी ,वडा सदस्यहरु नारायणी गिरी, बोदे दमाई र मीना परियारको सहभागिता रहेको थियो। बङ्गलाचुली गाउँपालिका वार्ड नं ४ ले हरेक महिनाको अन्तिम शनिबार विभिन्न टोलहरूमा श्रमदान मार्फत यस्ता विकास निर्माणका  कामहरू गर्दै आएको छ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १९:३६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको