Chauthoanga - Nepali News Media
दाङमा महिला प्रहरीको गोलिहानी हत्या ,श्रीमान पक्राउ

दाङ- दाङमा एक महिला प्रहरीको गोलि हानी हत्या गरिएको छ । घोराही उपमहानगरपालिका १५ दामोदरचोकमा चोकमा डिउटीमा खटिएकी महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो ।  
वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापा लाई उनकै श्रीमानले गोली हानेर  हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घटना करिब साढे ८ बजे भएको हो ।

गोली हानेर भाग्दै गरेका उनका श्रीमान यम बहादुर झाक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । झाक्री नेपालगञ्जमा कार्यरत  प्रहरी रहेको प्रहरीले बताएको छ ।घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।

426828311_838098374789507_6357082979464295251_n1708013084.jpg

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  २१:२२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको