Chauthoanga - Nepali News Media
गम्भीर संकटमा वर्तमान सत्ता गठबन्धन

काठमाडौँ – सत्ताधारीदलहरुविचमा असहयोग र अविश्वास बढ्दा सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ । मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रिय सभा निर्वाचन बाट सुरुभएको असमझदारीका कारण वर्तमान गठबन्धन धरापमै परेको नेताहरुको आँकलन छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसमेत समेटेर नयाँ समीकरण बनाउन निर्णायक पहल सुरु गरेका छन् ।

यस्ता छन् सत्ता गठबन्धनका आधा दर्जन कमजोर कडी

  • अर्थमन्त्री प्रकाशशरण महतमाथि कार्यक्षमतामा र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतमाथि भ्रष्टाचारमा प्रश्न उठ्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्न नदिएको भन्दै प्रधानमन्त्री दाहालले कांग्रेसकै पदाधिकारीसाग असन्तुष्टि व्यक्त गर्न थालेको लामो समय भइसकेको थियो
  • त्यसअघि कोशीमा माओवादीको मुख्यमन्त्री हुने गरी शक्ति बााडफााट भएकामा शेखर कोइराला समूहले एमालेसाग तालमेल गरेर कांग्रेसको मुख्यमन्त्री बनाएपछि माओवादी स्तब्ध भएको थियो
  • राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट दुई उम्मेदवार भएकामा कांग्रेसका कृष्ण सिटौला विजयी हुादा माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि अविश्वास अझ बढ्यो
  • कांग्रेस महासमितिमा उपसभापति पूर्णबहादुर खड्काको प्रस्तावमा ‘माओजादी १० वर्षे अनावश्यक द्वन्द्वले आर्थिक विकासमा क्षति पुर्‍याएको’ भन्ने अंशलाई पनि माओवादीले आफूमाथिको अपमान भन्दै व्याख्या गर्‍यो
  • महासमितिमै कांग्रेस महामन्त्री गगन थापाले ‘आगामी निर्वाचनमा गठबन्धन नगर्ने’ भनेर राखेको प्रस्ताव पारित भएपछि अब गठबन्धन माथिको प्रतिबद्धता कमजोर भएको भनेर माओवादीले अर्थ लगायो
  • कांग्रेस महासमितिकै सन्दर्भमा हिन्दु धर्मका पक्षमा हस्ताक्षर संकलन भएको र कालान्तरमा सिंगो कांग्रेसले यही मुद्दा बनाउन सक्ने भन्दै त्यसअघि नै आफ्नो बाटो लाग्न माओवादी अघि सर्‍यो
  • बढ्दो अविश्वासबीच माओवादीले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दाबी प्रस्तुत गरेको थियो, तर पूर्वसमझदारी भएको भन्दै कांग्रेसले दाबी छाडेन । पूर्वसमझदारीबाट माओवादीलाई धोका भएको भन्दै यसपालि अध्यक्ष लिएरै छाड्ने अडानमा माओवादी रह्यो, दुवै पक्षको अडानले गठबन्धनलाई कमजोर बनायो
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको