Chauthoanga - Nepali News Media
लुम्बिनीमा सरकारलाई दिएकाे समर्थन माओवादीले फिर्ता लियो

दाङ- लुम्बिनी प्रदेशमा नेकपा माओवादी केनद्रले सरकारलाइ दिएको समर्थन फिर्ता लिएको छ ।  मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले नेकपा माओवादी केन्द्रबाट बनेका दुई जना मन्त्रीलाई बर्खास्त गरेपछि माओवादीले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका संसदिय दलका नेता जोख बहादुर महराले जानकारी दिनुभयो । 

नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चाैधरी नेतृत्वमा रहेकाे सरकारबाट समर्थन फिर्ता लिँदै माओवादी सरकारबाट बाहिरिएको हाे ।  लुम्बिनीमा माओवादीलगायत ८ राजनीतिक दलकाे समर्थनमा सरकार बनेकाे थियाे । केन्द्रीय राजनीतिमा आएकाे फेरबदलका कारण लुम्बिनीमा पनि एमाले-माओवदीलगायत दलकाे सरकार बनाउन गृहकार्य सुरु भएको छ । केन्द्र सरकारमा नेकपामा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र जनता समाजवादी पार्टी(जसपा) नेपालको गठबन्धन बनेको छ । सोही अनुसार प्रदेश सरकारमा पनि नयाँ गठबन्धन पनि सरकारमा जाने तयारी भइरहेको हो ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको