Chauthoanga - Nepali News Media
जनश्रमदान गरी स्वास्थ्य चौकि जाने नयाँ गोरेटो बाटो र नाला निर्माण

कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गहतेरामा जनश्रमदानबाट नयाँ गोरेटो बाटो र नाला निर्माण गरिएको छ। बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष डासबहादुर डाँगि सहित स्थानिय करिब ८६ जनाको उपस्थितिमा डाबर स्वास्थ्य चौकि जाने बाटो र नाला निर्माण गरिएको वडा अध्यक्ष डाँगीले जानकारी दिनुभयो । 

बंगलाचुली गाउँपालिका वडा नम्बर ४ ले सुरु गरेको जनतासँग जनप्रतिनिधि तथा आफ्नो गाउँ आफै बनाउँ भन्ने अभियान अन्तर्गत आज गहतेरामा करिब ३ सय मिटर नयाँ गोरेटो बाटो र २ सय मिटर नाला निर्माण गरिएको हो। ४ नम्बर वडाले प्रत्येक महिनाको अन्तिम शनिबार वडाका विभिन्न स्थानमा जनश्रमदानबाट विकास निर्माणका काम गर्दै आएको वडा अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।जनश्रमदानमा स्थानियको उलेख्य सहभागिता रहने गरेको वडा अध्यक्ष डाँगिले जानकारी दिनुभयो । माघ महिनामा जनश्रमदानबाट वडा नम्बर ४ फाँटामा झण्डै २ किलोमिटर बाटो निर्माण गरिएको थियो ।
 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  २१:४४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको