Chauthoanga - Nepali News Media
बसको ठक्करबाट दाङमा  एक जनाको मृत्यु

दाङ- दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको लमही नगरपालिका–४ निवासी ४० वर्षीय हरिप्रसाद पौडेल रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

बुटवलबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३९९८ नम्बरको बसले ठक्कर दिँदा पौडेलको मृत्यु भएको हो। बसको ठक्कर बाट गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । साइकलमा घर फर्कँदै गर्दा लमही नगरपालिका–३ वनगाउँ नजिक आज पौने ६ बजे  पौडेललाई बसले ठक्कर दिएको थियो। घाइते पौडेललाई उपचारको लागि लमही अस्पताल पुर्‍याइएको थियो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  २०:४८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको