Chauthoanga - Nepali News Media
केवरेपानी कालिका देबि मन्दिरमा मुर्ति स्थापना कार्यक्रम सम्पन्न

कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ जुम्लेपानीमा अवस्थित केवरेपानी कालिका देबि मन्दिरमा मर्ति स्थापना कार्यक्रम सम्पन्न भएको छ । बैद्धिक विधिअनुसार देबिको मुर्ति स्थापना गरिएको हो । विभिन्न व्यक्तिको सहयोग तथा जनश्रमदानबाट निर्माण गरिएको मन्दिरमा आज मर्ती स्थापना गरिएको हो ।वडा नम्बर ४ जुम्लेपानी घर भइ हाल रोजगारीको लागि नर्वेमा रहनुचएका मुमबहादुर पुनको १ लाख ३५ हजार, रोजगारीकै लागि नर्वेमा रहनुभएका दामोदर पुनको २५ हजार, जुम्लेपानी निवासी देवेन्द्र गिरीको ६३ हजार ९ सय २० रुपैया, सोहि ठाउँ निवासी डोमराज थापाको ४२ हजार ७ सय २० रुपैया र ३२ घरधुरीको जनश्रमदानबाट ३८ हजार ४ सय रुपैया बराबरको जनश्रमदान गरी ३ लाख ५ हजार ४० रुपैया लागतबाट मन्दिर पुनःनिर्माण गरिएको थियो । 

मन्दिरका संरक्षक मुमान सिंह पुनको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष डास बहादुर डाँगीको प्रमुख आतिथ्यतामा औपचारीक कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा मन्दिर निर्माण गर्न सहयोग गर्ने सहयोगिदाता तथा स्थानिय जेष्ठ नागरीकहरुलाई सम्मान समेत गरिएको थियो ।

स्थानिय जेष्ठ नागरीक नमलाल पुन, कृष्ण गिरी, कोम बहादुर खड्का, होम बहादुर खत्री, बोधिलाल पुन, खैकला बुढा र अमिसरा थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै वडा नम्बर ४ का अध्यक्ष डास बहादुर डाँगीले मन्दिरलाई व्यवस्थापन गर्न वजेट बिनियोजन गर्न पहल गर्ने बताउनुभएको थियो । साथै उहाँले मन्दिर व्यवस्थाप समिति गठन प्रक्रियालाई अगाडी बढाउन निर्देशन समेत दिनुभएको थियो । त्यस्तै मन्दिरका संस्थापक गुरुप्रसाद पुलामीका नाति धनेश्वर पुलामीले मन्दिर वरिवरिको प्राङ्गण व्यवस्थापनको लागि पुलामी परिवारको तर्फबाट इटा सहयोग गर्ने बताउनुभयो । 

यस्तै सहयोगिदाताको तर्फबाट बोल्दै मुम बहादुर पुनले आगामि दिनमा यस्ता सामाजिक काममा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । यस्तै कार्यक्रमको समापन गर्नै संरक्षक मुमान पुनले उक्त मन्दिर व्यवस्थापन गर्न सक्दो सहयोग गर्न सबैलाइ आग्रह गर्नुभयो ।

गाउँघरमा खोरेत रोग माहामारीको रुपमा फैलिएपछि उक्त रोग नियन्त्रण होस भन्ने भनी देवि देवताले कल्लयाण गरुन भन्ने मान्यता सहित वि स १९८९ साल अर्थात झण्डै ९१ बर्ष पहिले मन्दिरको स्थापना गरिएको थियो । 
 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको