Chauthoanga - Nepali News Media
 लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्य

दाङ - लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आज शुक्रबार राति १२ देखि हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु अधिवेशन अन्त्य भएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले बताउनुभयो । चालु अधिवेशन तीन दिन मात्रै चलेको थियो ।

प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयका अनुसार कुनै विजनेश नभएकाले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  २१:१४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको