Chauthoanga - Nepali News Media
सहकारी ठगी प्रकरणमा गृहमन्त्री माथि पनि छानबिन गर्नुपर्ने काग्रेसको माग

काठमाण्डाै –  संसदमा सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्नुपर्ने माग उठेको छ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै  पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभए पनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ गैरकानुनीरूपमा लिएको भन्दै यस प्रकरणमा छानबिन हुनुपर्ने माग राख्नुभयो । थापाले लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुसन्धान नगर्ने हो भने अरू धेरै सहकारीलाई पनि छोड्नुपर्ने अवस्था आउने भएकाले सबैलाई छानबिन गर्नुपर्ने बताउनुभयो ।

पोखराको सूर्यदर्शन सहकारी झण्डै १९ हजार जनाकाे एक अर्ब ३५ करोड रुपैयाँभन्दा बढी पैसा अपचलनमा परेको पोखरा महानगरपालिकाको अध्ययनले देखाएको छ ।

यसैबीच नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सहकारीको रकम अपचलन भएको विषयमा अनुसन्धान गर्न अधिकार सम्पन्न आयोग बनाउन माग गर्नुभएको छ । संसद् बैठकमा बोल्दै उहाँले सहकारी आन्दोलनको संरक्षण गर्नुपर्ने बताउनुभयो । सहकारीका ऋणीकाे पनि अध्ययन गर्नुपर्ने उहाँको प्रस्ताव छ ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको