Chauthoanga - Nepali News Media
रुकुमपूर्वबाट काठ्माण्डौँ जाँदै गरेको बस दुर्घटनामा परी ८ जनाको मृत्यु

दाङ- रुकुमपूर्वबाट काठ्माण्डौँ जाँदै गरेको बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २४ जना घाइते भएका छन् । घाइते मध्ये अधिकांशको अवस्था गम्भिर रहेको छ । बुस बागलुङको निसीखोलामा आज सोमबार साँझ दुर्घटनामा परेको छ । दुर्घटनामा परी घटनास्थलमै ७ जनाको मृत्यु भएको र अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएकाको शव सङ्कलन भइरहेको छ । मृतकमध्ये चारजना पुरुष र चार महिला रहेका छन् । 

मृतकको सनाखत हुन नसकेको उहाँको भनाइ छ । रुकुम पूर्वबाट काठमाडौँका जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका-६ स्थित जाउलेपानीमा दुर्घटनामा परेको हो । घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको छ । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ । प्रहरी निरीक्षक विकले घाइते र मृत्यु भएकामध्ये कसैको पनि पहिचान हुन नसकेको बताउनुभयो ।
        

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको