Chauthoanga - Nepali News Media
बंगलाचुलीको एउटा परिक्षा केन्द्र बाट ३ सय ४४ जना विद्यार्थीले एसईई परिक्षा दिदै

दाङः यहि चैत १५ गतेदेखि सुरु हुने एस बर्षको माध्यामिक शिक्षा परिक्षा (एसइई)मा दाङको  बंगलाचुली गाउँपालिकाो एउटा परिक्षा केन्द्र बाट ३ सय ४४ जना विद्यार्थीले एसईई परिक्षा दिन लागेका छन । वडा नम्बर ३ श्रवारीमा रहेको महेन्द्र नमुना माध्यामिक वियालय परिक्षा केन्द्रबाट १ सय ४८ छात्र र १९७ जना छात्रा गरी ३ सय ४४ जना विद्यार्थीले परिक्षा दिन लागेको केन्द्राध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर बुढाले जानकारी दिनुभयो ।जसमा प्राविधिक धार तर्फ ४१ जना रहेका छन ।   

यस्तै दाङ जिल्ला भरिबाट  यस वर्ष १२ हजार भन्दा बढी विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिदै  छन् । शिक्षा विकास तथा समन्वय इकाइ दाङका अनुसार जिल्लामा रहेका सामुदायिक तथा निजी दुई सय ४४ विद्यालयहरुबाट १२ हजार ८ सय ९८ जनाले एसइई दिने भएका हुन् । 

एसइई दिनेमा छात्रभन्दा सात सय २ जना बढी छात्रा छन् । एसइई दिनेमा ५ हजार ७ सय ६३ छात्र र ६ हजार ४ सय ६५ जना छात्राको संख्या रहेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख देवमणि चौधरीले जानकारी दिनुभएको छ । उहाँका अनुसार गत वर्ष जिल्लाबाट १३ हजार ४ सय ५२ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए । गत वर्षको तुलनामा यो वर्ष पाँच सय ५४ जना कम भएका छन् । इकाइ प्रमुख चौधरीका अनुसार यो बर्ष जिल्लामा प्राविधिक धारतर्फ ३ सय २३ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । 

उहाँका अनुसार प्राविधिक धारतर्फ छात्र एक सय ६१ र छात्रा १ सय ६२ जना रहेका छन् । त्यसैगरी एक सय ५२ जना छात्र र एक सय ९५ जना गरेर ३ सय ४७ जना विद्यार्थीले ग्रेडबृद्धिका लागि परिक्षा दिन थालेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख चौधरीले जानकारी बताउनुभएको छ । जिल्लामा एसइईका लागि ४७ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको