Chauthoanga - Nepali News Media
सभ्य र सुरक्षित तवरले होलि मनाउन जिल्ला प्रशासन कार्यालय दाङको अनुरोध

दाङः-जिल्ला प्रशासा कार्यालय दाङले सुरक्षित र सभ्य तरिकाले होलि मनाउन आग्रह गरेको छ ।आज एक विज्ञप्ति जारि गर्दै कार्यालयले जिल्लाबासिलाई यस्तो आग्रह गरेको हो । होलि पर्वको नाममा उत्छृश्रखल क्रियाकलाव नगर्न, अपरिचित मानिसको समुहमा होलि नखेल्न आग्रह गरेको हो ।

यस्तै सुन, चाँदि जस्ता महंगा गरगहनाहरु लगाइ होलि नखेल्न, अपरिचित व्यक्तिले दिएको खानेकुरा कुनै पनि खानेकुरा नखान, कुनै व्यक्तिको इच्छा विपरीत रंग, लोला मोसो केमिकल र फोहोर पानीले छ्याप्ने जस्ता काम नगर्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ । 

यस्तै मादक पदार्थ तथा लागु औषध सेवन गरेर सवारी नचलाउन समेत आग्रह गरिएको छ ।कुनै पनि अपराधिक गतिविधि हुन लागेको थाहा पाएमा तुरुन्त नजिकैको प्रहरीलाइ जानकारी गराउन समेत आग्रह गरिएको छ ।कार्यालयले कुनै पनि व्यक्तिको इच्छा विपरित रंग दलेम, लोला, मोसो , केमिकल वा फोहोर पानीले छ्यापेमा कानुन बमोजिम कार्बाहि हुने समेत चेतावनी दिएको छ ।
432729458_381026954740960_4556170635481878360_n1711106700.jpg

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको