Chauthoanga - Nepali News Media
गृहमन्त्री लामिछानेलाई एक मिनेट पदमा बस्ने छुट छैन : कोइराला


काठमाडौँ — गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताउनुभएको छ । उहाँले सडकदेखि संसद्‌सम्म विरोध भैरहँदा पनि गृहमन्त्री पदमा बसिरहनुको पछाडि केही रहस्य त लुकेको छैन भन्ने प्रश्न उठेको बताउनुभयो । 

काठमाडौंको मध्यबानेश्वरका पार्टीका स्थानीय कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडौंका चेतनशील मानिसहरु चुपचाप बसिरहँदा अचम्म लागेको बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको