Chauthoanga - Nepali News Media
दाङको बंगलाचुलीमा पनि आजै मनाइयो होलि पर्व

दाङः  आज पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व मनाइँएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाउने गरिन्छ । सरकारले आज पहाडी र हिमाली क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । तराईमा भोलि सार्वजनिक बिदा छ ।
यसैविच दाङको १० वटा स्थानिय तह मध्ये एकमात्र पहाँडी गाउँपालिका बंगलाचुली गाउँपालिकामा पनि आजै हर्स उल्लासका होलि पर्व मनाइएको छ ।दाङ जिल्लालाई तराइको जिल्लामा समेटिएपनि बंगलाचुली गाउँपालिका पहाडी गाउँपालिका भएको कारण यहाँका मानिसले आजै होलि पर्व मनाउने गर्दछन ।यहाँका मानिसहरुले परापुर्व कालदेखि नै आज कै दिन अर्थात पहाडि होलिको दिन मनाउदै आएका छन ।आज बंगलाचुली गाउँपालिकाको ८ वटै वडा तथा टोलहरुमा बालबालिका युवायुवतिहरु जम्मा भएर होलि पर्व मनाएको स्थानिय जनप्रतिनिधिहरुले हामिलाई जानकारी दिनुभएको छ । 

होलि पर्व पहिले गाउँका घरघरमा गएर अविर लागाइदिएपछि घरबेटिले दक्षिणा स्वरुप पैसा दिने चलन रहेको बंगलाचुली गाउँपालिका कमिरेचौरका स्थानिय डेमलाल लम्सालले जानकारी दिनुभयो । पहिले पहिले लोला हान्ने,  मोसो, केमिकल र फोहोर पानीले छ्याप्ने जस्ता प्रचलन नरहेको उहाँले बताउनुभयो । हिजोका दिनमा सामान्य टिका लगाएर मनाइने होली पर्व अहिले विकृतिको रुपमा विकास भइरहेको उहाँले बताउनुभयो ।

दाङ सहित तराइका जिल्लाहरुमा भोलि हर्षउल्लासका साथ होलि पर्व मनाइदै छ ।
 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको